बुटवल,२३ जेठ । बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उनिहरूकाे बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशष अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । आज बिहान १० मिनेटको अन्तरमा मृत्यु भएका उनिहरू मध्ये एकजना रूपन्देही र अर्का एकजना अर्घाखाँचीका हुन् ।

जेठ २२ गते भर्ना भएका रुपन्देही कंचन ३ का ३४ बर्षीया महिलाको आज बिहान ७ः१५ बजे मृत्यु भएको हो । त्यस्तै जेठ २१ गते अस्पताल भर्ना भएका अर्घाखाँचीका छत्रदेव ७ का ७३ बर्षिय पुरुषको आजै बिहान ७ः२५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।