Share this News on Social Networking Pages

बुटवल,२३ जेठ ।

रुपन्देहीमा धारिलो हतियार प्रयोग गरि एक युवकको हत्या भएको छ ।
हत्या हुनेमा जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ बर्षीय महेन्द्र यादव रहेका छन् । उनको शनिवार राति हत्या भएको प्रहरीले जनाएको छ ।

यादवलाई घरभन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला पारिएको इप्रका लुम्बिनीका प्रहरी निरीक्षक रविन्द्र महतले जानकारी दिए ।
मृतकका भैरहवा स्थित भीम अस्पताल पोष्टमार्टम गराई आवश्यक अनुसन्धान भईरहेको प्रहरी निरीक्षक महतले बताए ।