Share this News on Social Networking Pages

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

बुटवल,२२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीमा वृक्षारोपण गरेको छ ।
वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) को परिसरमा विभिन्न जातका १ सय बढी विरुवाहरु रोपिएको हो ।

कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले जीवनचक्र परिस्थिति सन्तुलननमा जोड दिँदै शान्ति समाजले हिमालय बचाउ आन्दोलन सञ्चालन गरिरहेको बताए । सरकारले चुरे ध्वस्त गर्ने गरी ढुंगा गिट्टी निकासीको निर्णय गरेको भन्दै उनलेे निर्णय नसच्याए शान्ति समाजले सत्याग्रह आन्दोलन थाल्ने चेतावनी दिए ।

समाजका रुपन्देही सभापति डी.पी. खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आम्दा अस्पतालका मेसु डा. राजेन्द्र बस्याल, समाजका केन्द्रिय सचिव मिना ढकाल, केन्द्रीय सदस्य बिष्णु भुसाल, पत्रकार महासंघ प्रदेश महासचिव बिक्रम खड्का लगायतले बोल्दै वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
अस्पताल परिषरमा आँप, रुद्राक्ष, अमला, बेल, धुपिसल्लो, कल्पिफूल लगायत प्रजातीका बिरुवा रोपिएको समाजका जिल्ला सभापति खनालले जानकारी दिए ।