Share this News on Social Networking Pages

बाँके,२२ जेठ । बाँके जिल्लामा थप पाँच जना कोरोना संक्रमितकाे मृत्यु भएको छ।

भेरी अस्पतालमा तीन जना र नेपालगञ्‍ज मेडिकल कलेज कोहलपुरमा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा बाँकेका दुई जना तथा बर्दिया, दाङ र रूकुम पश्चिमका एक/एक जना रहेका छन्।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत गुलरिया-४ बर्दियाका ५७ वर्षीय पुरुष, कोहलपुर-१४ बाँकेकी ७० वर्षीया महिला र तुलसीपुर-१८ दाङकी ७२ वर्षीया महिलाको मृत्यु भएको हो।

त्यस्तै, नेपालगञ्‍ज मेडिकल कलेज कोहलपुरमा उपचाररत चौरजहारी-४ रुकुम पश्चिमकी ६५ वर्षीया महिला र नेपालगञ्‍ज-११ बाँकेकी ५५ वर्षीया महिलाको मृत्यु भएको छ

यससँगै बाँकेमा हालसम्म जिल्लाभित्रका २९९ जना र अन्य जिल्लाबाट उपचार गराउन आएका ३१० जना कोरोना संक्रमितको मृत्यु भएको छ।