Share this News on Social Networking Pages

कपिलवस्तु,२२ जेठ ।
बुद्व जन्मस्थल लुम्बिनी स्थित रोयल थाई मोनाष्ट्रीले कपिलबस्तुको जिल्ला अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।
कपिलबस्तुको एक मात्र जिल्ला अस्पतालमा आधारभूत साधन स्रोत अभाव हुदा स्वास्थ्यकर्मी तथा डाक्टरलाई कोरोना भाईरस संक्रमितको उपचार गर्न समस्या भईरहेको संचार माध्यमबाट बाहिर आएपछि लुम्बिनी स्थित रोयल थाई मोनाष्ट्रीले सबैभन्दा पहिले सहयोगको हात अगाडि बढाएको हो ।

लुम्बिनी विकास काेषका कार्यकारिणी सदस्य तथा नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीको सक्रियतामा थाई मोनाष्ट्रीले अक्सिजन कन्स्सनट्रेटर २ थान ,अटोमेटिक टेम्प्रेचर स्कयानर १ थान, टेम्प्रेचर गन १ थान,अक्सिमिटर २ थान,मास्क ९ सय पिस, सेनिटाईजर ३ लिटर र ग्लोब्स ५ डिब्बा सहयोग प्रदान गरेको हो ।
मोनाष्ट्री प्रमुख भिक्षु फ्रा बोधीविड्सले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्र पाणि पान्डे, साझा प्रयास अभियानका संयोजक रबि ठाकुरको सहभागीतामा अस्पतालका डाक्टर अमुल्य पाठक एबम व्यवस्थापक रत्नाकर शुक्लालाई उक्त सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।
साे अवसरमा भिक्षु फ्रा बोधीविड्सले थाई जनताको तर्फबाट नेपाली जनतालाई सानो सहयोग गर्न पाउदा खुसी लागेको बताए ।