बुटवल,२१ जेठ । नेपाली सेनाको शैन्य आधार तालीम गर्ने क्रममा एक जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारू रहेका छन् ।
रूपन्देहीको सैनामैना स्थित नेपाली सेनाको श्री न.२ तालीम गणमा शैन्य आधार तालिम गर्ने क्रममा अचानक अचेत भएका सारुकाे उपचारका क्रममा मृत्युु भएको स्थानीय सुरक्षा स्रोतले जनाएको छ । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो।