Share this News on Social Networking Pages

काठमाडौं,२१ जेठ । नेपालमा शुक्रबार थप ६ हजार ६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १४ हजार १८२ पीसीआर परीक्षण गर्दा ४ हजार ६२४ र ६ हजार ६३१ एन्टिजेन परीक्षण गर्दा २ हजार २९ गरी ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना काेराेना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ४ लाख ७६ हजार १३० जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १०१ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । कुन जिल्लामा कति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ८९७, मोरङमा ३११, ललितपुरमा २९९, कास्कीमा २८२, सुनसरीमा १९९, भक्तपुरमा १८८, झापामा १६९, ओखलढुंगामा १४४, सिन्धुपाल्चोकमा १३९, धनुषामा १३३ र काभ्रेपलाञ्चोकमा १२० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै चितवन र मकवानपुरमा ९२/९२ जना, सुर्खेतमा ८६, रूपन्देहीमा ८५, बारामा ८१, गोरखामा ७०, बर्दियामा ६८, धादिङ, स्याङजा र बाँकेमा ६५/६५ जना, नुवाकोटमा ६१, सिरहामा ५८,नवलपरासी पूर्वमा ५७, दाङ र कैलालीमा ५१/५१ जना तथा तनहुँमा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

रामेछापमा ४८, अछाममा ४७, सप्तरीमा ४३, कपिलवस्तुमा ४१, कञ्‍चनपुरमा ३८, सर्लाहीमा ३५,सिन्धुलीमा ३३,डोटीमा ३२, डडेल्धुरामा २८, रौतहटमा २७, उदयपुरमा २५, दैलेखमा २२, नवलपरासी पश्चिममा २० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पर्सामा १९, पाल्पामा १८, रूकुम पश्‍चिममा १७, महोत्तरी र अर्घाखाँचीमा १५/१५ जना, दोलखामा १२, प्युठानमा ९, रोल्पामा ७, पर्वत र सल्‍यानमा ६/६ जना, सोलुखुम्बु, बागलुङ र जुम्लामा ५/५ जना, धनकुटा, भोजपुर र बैतडीमा ४/ ४ जना, इलाम, संखुवासभा र कालिकोटमा ३/३ जना, खोटाङ, जाजरकोट, मुगुमा २/२ जना तथा पाँचथर, रसुवा, गुल्मी, रूकुम पुर्व, हुम्ला, बझाङ र बाजुरामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका १२६ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४५४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।