बुटवल,२१ जेठ ।
सिद्वार्थनगर नगरपालिकाका १४ सहित शुक्रबार रूपन्देहीका ७६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६६१ जनाको पिसिआर परिक्षण गर्दा ७६ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २६ हजार ९५६ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शुक्रबार रूपन्देहीको
सिद्धार्थनगर नगरपालिकाका १४ जना,तिलाेत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाका १३/१३ जना,सैनामैना नगरपालिकाका १० जना,देवदह नगरपालिकाका ८ जना,काेटहिमाई गाउपालिकाका ७ जना,ओमसतिया गाउपालिकाका ६ जना,कञ्चन गाउपालिका ३ जना तथा सियारी गाउपालिकाका र राेहिणी गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप २०१ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २४ हजार ९३८ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप ३ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म ४४६ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
रूपन्देहीमा हाल १ हजार ५७३ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।