Share this News on Social Networking Pages

बुटवल,२० जेठ ।
तिलाेत्तमा नगरपालिकाका ५२ जना सहित बिहीबार रूपन्देहीका १४७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४१९ जनाको पिसिआर परिक्षण गर्दा १५७ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २६ हजार ८८० पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बिहीबार रूपन्देहीको
तिलाेत्तमा नगरपालिकाका ५२ जना,बुटवल उपमहानगरपालिकाका ३५ जना,सिद्धार्थनगर नगरपालिकाका १६ जना,सैनामैना नगरपालिकाका १२ जना,देवदह नगरपालिकाका ९ जना,ओमसतिया गाउपालिकाका ६ जना,कञ्चन गाउपालिका ५ जना,सियारी गाउपालिकाका र मायादेवी गाउपालिकाका ३/३ जना,लुम्बिनी सांस्कृतिक नगरपालिका र सुद्वाेधन गाउपालिकाका २/२ जना तथा राेहिणी गाउपालिका र गैडहवा गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप २५३ जना काेराेना संक्रमित निकाे भएका छन् ।

जिल्लामा हालसम्म २४ हजार ७३७ जना काेराेना संक्रमित निकाे भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप १ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म ४४३ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
रूपन्देहीमा हाल १ हजार ७०० जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।