काठमाडौं,२० जेठ । नेपालमा बिहीबार थप ६ हजार ८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १८ हजार ५३१ पीसीआर परीक्षण गर्दा ५ हजार ८२५ र ३ हजार २११ एन्टिजेन परीक्षण गर्दा एक हजार गरी ६ हजार ८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ९०४ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म ४ लाख ६७ हजार ४६७ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७५ जना काेराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ७ हजार ६३० जना काेराेना संक्रमितको मृत्यु भएको छ । हाल देशभर १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति जनामा काेराेना संक्रमण ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १,६३०, नवलपरासी पश्चिममा ७७१, ललितपुरमा २९८, कास्कीमा २६६, सुनसरीमा २१० र काभ्रेपलाञ्चोकमा २०५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै चितवनमा १७७, मोरङमा १६६, सिन्धुपाल्चोकमा १४८, रूपन्देहीमा १३८, झापा, धनुष र धादिङमा १०१/१०१ जना र लमजुङमा ११० जनामा कोरोना संक्रमण देखिएको छ ।
तनहुँमा ८२, बारामा ७९, नुवाकोटमा ७३, पाँचथरमा ७१, दाङ र खुर्खेतमा ६५/६५ जना, स्याङजामा ६०, सिरहामा ५९, गुल्मीमा ५३, कैलालीमा ५२, सिन्धुली र अछाममा ४६/४६ जना, रामेछापमा ४२, महोत्तरीमा ४१ र सप्तरीमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गोरखामा ३७ जना, नवलपरासी पश्चिममा ३२,डोटीमा २८, जाजरकोटमा २६, दोलखामा २४, रूकुम पश्चिममा २२, बाँके र कञ्चनपुरमा १८/१८ जना, खोटाङ र बैतडीमा १७/१७ जना, म्याग्दी र कपिलवस्तुमा १६/१६ जना, दैलेखमा १५, मकवानपुर, पर्वत र सल्यानमा १३/१३ जना, पर्सामा ११ तथा इलाम र बर्दियामा १०/१० जना कोरोना संक्रमित थपिएका छन् ।
पाल्पामा ९, उदयपुर र अर्घाखाँचीमा ८/८ जना, ओखलढुंगा र संखुवासभामा ७/७ जना, डडैलधुरामा ६, रोल्पा र जुम्लामा ५/५ जना, तेह्रथुम, धनकुटा र सर्लाहीमा ४/४ जना, प्युठानमा ३, सोलुखुम्बुमा २ तथा
ताप्लेजुङ, भोजपुर, बागलुङ, कालिकोट, डोल्पा, हुम्ला, दार्चुला र बझाङमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै १० वर्ष मुनिका १८० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।