Share this News on Social Networking Pages

बुटवल,२० जेठ । युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मृत्युु हुनेमा कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरिया रहेका छन् ।
उनको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

युनिभर्सल मेडिकल कलेजका सूचना अधिकारी सुशील गुरुङका अनुसार डा. रजौरियाकी श्रीमती डा. हसिना बानु पनि कोरोना संक्रमित थिइन् ।

डा. बानु भने निकाे भइसकेकी गुरुङले बताए । हालसम्म मेडिकल कलेजमा १ सय ६० जना स्वास्थ्यकर्मी कोभिड संक्रमित भएपनि चिकित्सककाे मृत्यु भएको यो पहिलो घटना भएको मेडिकल कलेजले जनाएको छ ।