Share this News on Social Networking Pages

काठमाण्डाै,१९ जेठ । नेपालमा बुधबार थप ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५२४ जना र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ७९२ जना गरि ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको कुल परीक्षणमध्ये ३२ दशमलव ७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये कर्णाली प्रदेशमा सबैभन्दा धेरै ५८ दशमलव २६ प्रतिशत नमुनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७ हजार दुई २१९ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा हालसम्म ४ लाख ६१ हजार ५६३ जना कोरोना संक्रमित निको भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा तथा यसअघि छुटेका सहित गरी थप १०१ जना काेराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ७ हजार ५५५ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर १ लाख १ हजार ९९३ सक्रिय संक्रमित रहेका छन् ।