Share this News on Social Networking Pages

बुटवल,१८ जेठ ।
तिलाेत्तमा नगरपालिकाका १३ जना सहित मंगलबार रूपन्देहीका ५० जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८८८ जनाको पिसिआर परिक्षण गर्दा ५० जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २६ हजार ५८१ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार साेमबार रूपन्देहीको
तिलाेत्तमा नगरपालिकाका १३ जना,बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाका ९/९ जना,देवदह नगरपालिकाका ५ जना,ओमसतिया गाउपालिकाका ३ जना,सैनामैना नगरपालिकाका,लुम्बिनी सांस्कृतिक नगरपालिका,मर्चवारिमाई गाउपालिकाका र मायादेवी गाउपालिकाका २/२ जना, सुद्वाेधन गाउपालिका र जना,कञ्चन गाउपालिका,राेहिणी गाउपालिका र सुद्दाेधन गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ३६८ जना काेराेना संक्रमित निकाे भएका छन् ।

जिल्लामा हालसम्म २४ हजार ३२३ जना काेराेना संक्रमित निकाे भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप १ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म ४३८ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
रूपन्देहीमा हाल १ हजार ८२० जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।