काठमाडौं,१८ जेठ । नेपालमा मंगलबार थप ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १७ हजार १४७ पीसीआर परीक्षण गर्दा ५ हजार २८५ जना र ३ हजार १८ एन्टिजेन परीक्षण गर्दा ८०० जना गरी ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ हजार ८९८ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म ४ लाख ५४ हजार ३४४ जना काेराेना संक्रमित निकाे भएका छन् ।
हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै नेपालना पछिल्लो २४ घण्टामा ६८ जना काेराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ७ हजार ४५४ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या घट्दै गएको छ ।
गत वैशाख २५ गते ५३ जना र २६ गते ८८ जनाको मृत्यु भएको थियो ।
त्यसपछि वैशाख २७ गते १३९ र २८ गते २२५ जनाको मृत्यु भएको थियो ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृतक संख्या बढेर जेठ ५ गते एकै दिन २४६ जनासम्म पुगेको थियो । त्यसपछि मृतक संख्या घट्दै आएर जेठ १४ गते ९६ जनामा झरेको थियो ।
आज कुन जिल्लामा कति ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १०६०, मोरङमा २९१, ललितपुरमा २८३, झापामा २८३, काभ्रेपलाञ्चोकमा २३२, भक्तपुरमा २१५ र सुनसरीमा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै धनुषामा १९२, गोरखामा १८८, चितवनमा १७४, कास्कीमा १६९,दाङमा १३८, पाल्पामा १२६, मकवानपुरमा ११६, सिन्धुपाल्चोकमा १०८ र रूपन्देहीमा १०३ जना कोरोना संक्रमित थपिएका छन् ।
सुर्खेतमा ९६, रामेछापमा ९४, नुवाकोटमा ७९, सर्लाहीमा ७६, धादिङमा ७४, सिरहामा ६५, महोत्तरीमा ५८, दोलखा र दैलेखमा ५५/५ जना,डडेलधुरामा ५४ र बारामा ५० जनामा कोरोना संक्रमण दिएको छ ।
यस्तै तनहुँमा ४२, बाँकेमा ३८, नवलपरासी पूर्व र कैलालीमा ३२/३२ जना, सिन्धुलीमा ३१, दार्चुलामा ३०,डोटीमा २९, ओखलढुंगामा २८, स्याङजा, कपिलवस्तुमा २७, बर्दिया र कञ्चनपुरमा २५/२५ जना, धनकुटामा २४, कालिकोटमा २३ र नवलपरासी पश्चिममा २ जना कोरोना संक्रमित थपिएका छन् ।
म्याग्दीमा १९, इलाम र सल्यानमा १८/१८ जना,लमजुङ र अर्घाखाँचीमा १७/१७ जना, रौतहटमा १५, सप्तरी र रूकुम पश्चिमममा १४/१४ जना ,पर्सामा १२ र उदयपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गुल्मी, प्युठान र जुम्लामा ७/७ जना, रोल्पा र जाजरकोटमा ६/६ जना, खोटाङ र बागलुङमा ५/५ जना, ताप्लेजुङ र रसुवामा ३/३ जना, संखुवासभामा २ तथा तेह्रथुम, भोजपुर, सोलुखुम्बु, पर्वत, रूकुम पूर्व, र अछाममा १/१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्षमुनिका १७४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमैर समूहका ४५६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
SHARES