बुटवल,१६ जेठ ।
बुटवलका १० सहित आइतबार रूपन्देहीका ५१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३१३ जनाको पिसिआर परिक्षण गर्दा ५१ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ । ।
यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २६ हजार ३१९ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार आइतबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका १० जना,तिलाेत्तमा नगरपालिकाका ९ जना, देवदह नगरपालिकाका ७ जना,
सिद्धार्थनगर नगरपालिकाका ६ जना,सैनामैना नगरपालिकाका ५ जना,गैडहवा गाउपालिकाका ३ जना,ओमसतिया
गाउपालिका,सियारी गाउपालिका,लुम्बिनी सांस्कृतिक नगरपालिका र सुद्वाेधन गाउपालिकाका २/२ जना,राेहिणी गाउपालिका, सम्मरिमाई गाउपालिकाका र कञ्चन गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ३०३ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २३ हजार ६५ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप ५ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म ४२१ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
रूपन्देहीमा हाल २ हजार ८३३ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।