बुटवल,१६ जेठ । विवेकशिल साझा पार्टिका अध्यक्ष रबिन्द्र मिश्रले सरकारले शनिबार प्रस्तुत गरेको बजेट लोकप्रियतावादी र वितरणमुखी भएको टिप्पणी गरेका छन् ।
बजेटबारे सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनलेे उक्त टिप्पणी गरेका हुन् ।
उनलेे लेखेका छन्ब-‘बजेट लोकप्रियतावादी, वितरणमुखी, फोकसहीन, अत्यधिक ऋणभारयुक्त छ। भ्रष्टाचार न्यूनिकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धिबिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ न त भ्रष्टाचाररहित ढङ्गबाट प्रभावकारीरूपमा त्यो खर्च हुन सक्छ। त्यसतर्फ कुनै चासो देखिएन।´