बुटवल,१५ जेठ । राष्ट्रिय प्रजातान्त्र पार्टीको ३१औ स्थापना दिवसको अवसरमा राप्रपा बुटवल द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा र बुटवल धागो कारखानामा रहेको कोरोना विषेश अस्पतालमा उपचाररत विरामी र स्वास्थ्यकर्मीहरुलाई पौष्टिक आहार र स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
शनिबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकाउ फिजिसिन एंव फोकल पर्सन डाक्टर नन्दु पाठक र बालरोग विशेषज्ञ डा. नेत्र रानाको उपस्थितिमा राप्रपा बुटवल नगर अध्यक्ष निरज प्रताप खाण र राप्रपा केन्द्रीय सदस्य द्वय तोयानाथ लमसाल र ईर्शाद आलाम मियाले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा राप्रपा देवदह नगर अध्यक्ष माधव रिमाल,राप्रपा रूपन्देही क्षेत्र न.२ का सचिव लक्ष्मण श्रेष्ठ, प्रदेश सभा २ क संयोजक मित्रलाल कुवर, प्रदेश सभा २ ख संयोजक शंकर न्यौपाने, क्षेत्र न.१ प्रदेश सभा क संयोजक कमल गौतम, राप्रपा बुटवल वार्ड न. ५ अध्यक्ष विनय कौशोधन, राप्रयुस केन्द्रिय सदस्य ज्ञानु तिवारी र महिला नेतृ भगवती पाण्डेको सहभागिता रहेको राप्रपा बुटलले जनाएको छ ।