Share this News on Social Networking Pages

बुटवल,१५ जेठ ।
बुटवलका ३५ सहित शनिबार रूपन्देहीका १०३ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३७५ जनाको पिसिआर परिक्षण गर्दा १०३ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ । ।

यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २६ हजार २६८ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शनिबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका ३५ जना,तिलाेत्तमा नगरपालिका र देवदह नगरपालिकाका १५/१५ जना,सैनामैना नगरपालिकाका १३ जना,सिद्धार्थनगर नगरपालिकाका ९ जना,ओमसतिया
गाउपालिकाका ५ जना,राेहिणी गाउपालिका र मायादेवी गाउपालिकाका ३/३ जना,सम्मरिमाई गाउपालिकाका २ जना,सियारी गाउपालिका,लुम्बिनी सांस्कृतिक नगरपालिकाका र कञ्चन गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ७३९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

जिल्लामा हालसम्म २२ हजार ७६२ जना काेराेना संक्रमित निकाे भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप १ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म ४१६ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
रूपन्देहीमा हाल ३ हजार ९० जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।