Share this News on Social Networking Pages

काठमाडौ,१५ जेठ ।
नेपालमा शनिबार थप ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा१४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले परीक्षण घटाउँदा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या उल्लेख्य रुपमा घटेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ८० जना जना काेराेना संक्रमित निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११६ जना काेराेना संक्रमितको मृत्यु भएको छ