बुटवल,१३ जेठ ।
रुपन्देहीमा काेराेना भाइरस संक्रमण पुष्टि हुनेकाे संख्या ह्वात्तै घटेकाे छ । पछिल्लो २४ घण्टामा १४४३ जनाको पिसिआर परिक्षण गर्दा ११२ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ । ।
यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २५ हजार ९५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा तिलाेत्तमा नगरपालिकाका ३१ सहित रुपन्देहीमा ११२ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ । ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बिहीबार रूपन्देहीको
तिलाेत्तमा नगरपालिकाका ३१ जना,बुटवल उपमहानगरपालिकाका २७ जना, सिद्धार्थनगर नगरपालिकाका २० जना,सैनामैना नगरपालिकाका ८ जना,सम्मरिमाई गाउपालिकाका ५ जना,सियारी गाउपालिकाका ४ जना, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका,कञ्चन गाउपालिका र सुद्वाेधन गाउपालिकाका ३/३ जना,ओमसतिया
गाउपालिकाका २ जना तथा गैडहवा गाउपालिका र काेटहिमाई गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ३ सय ८४ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २२ हजार १९ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप २ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म ४०७ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
रूपन्देहीमा हाल ३ हजार ५ सय ३० जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।