बुटवल,१२ जेठ ।
बुटवलका ८८ सहित रुपन्देहीमा बुधबार थप ३०८ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११५५ जनाकाे पीसीआर परीक्षण गर्दा
बुटवलका ८८ सहित रुपन्देहीमा बुधबार थप ३०८ जनामा काेराेना संक्रमण पुष्टि भएको मस्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २५ हजार ८४४ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बुधबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका ८८ जना,ओमसतिया गाउपालिकाका ३९ जना, देवदह नगरपालिकाका र सिद्धार्थनगर नगरपालिकाका ३७/३७ जना,तिलाेत्तमा नगरपालिकाका ३५ जना,सैनामैना नगरपालिकाका २२ जना,सियारी गाउपालिकाका १४ जना,राेहिणी गाउपालिकाका १३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ९ जना, कञ्चन गाउपालिका,सम्मरिमाई गाउपालिका,काेठहिमाई गाउपालिका र मायादेवी गाउपालिकाका ३/३ जना,सुद्वाेधन गाउपालिकाका २ जना र मर्चवारिमाई गाउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ४ सय ८३ जना काेराेना संक्रमित निकाे भएका छन् ।

जिल्लामा हालसम्म २१ हजार ६३५ जना काेराेना संक्रमित निकाे भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप १ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म ३९८ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
रूपन्देहीमा हाल ३ हजार ८ सय ११ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।

णजब