काठमाडौं,१२ जेठ । नेपालमा बुधबार थप ६ हजार ७१४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १९ हजार ३० जनाको पीसीआर परिक्षण गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन परिक्षण गर्दा ३७ जना गरि ६ हजार ७१४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ७१६ जना काेराेना संक्रमीत निकाे भएका छन् । नेपालमा लगातार कोरोना संक्रमण बढिरहेका बेला बुधबार नयाँ संक्रमितभन्दा धेरै संक्रमित निकाे भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ हजार ७१४ जनामा काेराेना संक्रमण पुष्टि हुँदा ६ हजार ७१६ संक्रमित निकाे भएका हुन् ।

बुधबार काठमाडौं उपत्यकामा मात्रै १ हजार ४९३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जसमध्ये काठमाडौंमा १ हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४५ जना काेराेना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ ।

हाल देशभर १ लाख १७ हजार ७७ संक्रिय संक्रमित रहेका छन् ।