बुटवल,११ जेठ ।
तिलाेत्तमाका ६४ सहित रुपन्देहीमा मंगलबार थप २३५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६३५ जनाकाे पीसीआर परीक्षण गर्दा
तिलाेत्तमाका ६४ सहित रुपन्देहीमा २३५ जनामा काेराेना संक्रमण पुष्टि भएको मस्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २५ हजार ५३६ पुगेको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार मंगलबार रूपन्देहीको
तिलाेत्तमा नगरपालिकाका ६४ जना,बुटवल उपमहानगरपालिकाका ६० जना,सैनामैना नगरपालिकाका २६ जना,कञ्चन गाउपालिकाका १८ जना, देवदह नगरपालिकाकामा १७ जना,सिद्धार्थनगर नगरपालिकाका १५ जना,ओमसतिया गाउपालिकाका ११ जना,सुद्दाेधन गाउपालिकनका ७ जना,सियारी गाउपालिका र मायादेवी गाउपालिकाका ५/५ जना,राेहिणी गाउपालिकाका ३ जना,
लुम्बिनी सांस्कृतिक नगरपालिकाका २ जना र गैडहवा गाउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ५ सय ४ जना काेराेना संक्रमित निकाे भएका छन् ।

जिल्लामा हालसम्म २१ हजार १५२ जना काेराेना संक्रमित निकाे भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप १ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म ३९७ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
रूपन्देहीमा हाल ३ हजार ९ सय ८७ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।