काठमाडौं,१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूलताको बाबजुद पनि सरकारले असाधारण काम गरेको दाबी गरेका छन् ।
नयाँ वर्ष २०७८ को अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।
केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको भन्दै उनले आफ्नो नेतृत्वको सरकारले जनतामा आशा जगाउने काम गरेको बताए । ‘हामीले समयलाई प्रतिकूलताका बीच पनि खेर जान दिएका छैनौं,’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिदिनमा पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास निर्माण गरेको उनले बताए ।
एक सयबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता महिनाको दिनको एक सयमा पुगेको उनलेे बताए । आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने उनले बताए । करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी पनि उनले बताए ।