कपिलवस्तु,२६ साउन ।
कपिलवस्तुस्थित थाई मन्दिर,तिलौराकोटमा आज बर्खाबासको पावन अवसरमा १७ जना थाई भिक्षुहरूलाई भोजनदान गरिएको छ ।
उक्त पुण्यकार्यमा लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य राजेश ज्ञवालीज्यू तथा दुई छोरी आरोग्य ज्ञवाली र आरोही ज्ञवालीले थाई भिक्षुहरूलाई श्रद्धापूर्वक भोजन तथा मिठाई दान गरेका हुन ।
बुद्धका उपदेश, करुणा, मैत्री र सेवाभावलाई आत्मसात् गर्दै गरिएको यस पुण्यकार्यले धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।






