Share this News on Social Networking Pages

बुटवल,२९ चैत ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पत्रकारहरु साघुरो र संकीर्ण दायराबाट माथि उठेर साझा व्यक्तित्वको रुपमा उभिन सक्नुपर्ने बिचार व्यक्त गरेका छन् ।

निर्वाचनका क्रममा भएको घटनाहरुलाई बिर्सेर निर्वाचित पदाधिकारी तथा सदस्यहरुले साघुरो र संकिर्ण दायराबाट माथि उठेर साझा व्यक्तित्वको रुपमा उभिन सक्नुपर्ने बिचार व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सम्मानमा बुटवल मिडिया प्रकाशन प्रा.लि.द्धारा शनिबार बुटवलमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले उक्त बिचार व्यक्त गरेका हुन् ।

बदलिदो परिस्थितिमा पत्रकारीता क्षेत्रमा पनि नयाँ चुनौतिहरु थपिएको भन्दै उनले निर्वाचित पत्रकारहरुले पत्रकारीता क्षेत्रमा देखापरेका चुनौतिहरुको सामना गर्दै श्रमजिवि पत्रकारहरुको हक हितमा काम गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।

बुटवल मिडिया प्रकाशन प्रा लि.का प्रधान सम्पादक बालकृष्ण चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्यद्धय नेत्र पन्थी र बिनोद पहाडी,महासंघका नवनिर्वाचित प्रदेश अध्यक्ष बसन्त गिरी,निवर्तमान प्रदेश उपाध्यक्ष भरत केसी,महासंघका नवनिर्वाचित रुपन्देही अध्यक्ष रामराज पोखरेल,कपिलबस्तु अध्यक्ष किरणमान बज्राचार्य,पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य हरी लम्साल,नारायण सापकोटा लगायतले आ आफ्नो भनाई राखेका थिए ।

यसैबीच प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीले केन्द्रीय राजनीतिमा देखा परेको बिभाजनको असर लुम्बिनी प्रदेशमा पनि परेको भन्दै लुम्बिनी प्रदेशमा निकट भविस्यमै प्रदेश सरकार परिवर्तन हुने बताए ।

हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित महासंघको प्रदेश र रुपन्देही जिल्लाका पदाधिकारी तथा सदस्यहरुको सम्मानमा बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री केसीले कसैको दम्भका कारण मुलुकको राजनीति तरङ्गीत भएको भन्दै त्यसको असर प्रदेशमा पनि परेको जानकारी दिए ।