Share this News on Social Networking Pages

बुटवल, १४ चैत ।
जनमुक्ति युवामहासंघ तिलोत्तमानगर समितिको दोस्रो अधिवेशन नयां नेतृत्व चयन गरि आज मंगलापुरमा सम्पन्न भएको छ ।

अधिवेशनले बुद्धि थापामगरको अध्यक्षतामा १७ सदस्यीय नयां कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमालप्सन गुरुङ,उपाध्यक्षमा सुदिपथापा,सचिवमाशान्ति पुन,सहसचिवमाइशा छन्त्याल,कोषाध्यक्षमा अरुण मश्राङगी र सदस्यहरुमाक्रमशःभीमशेन थापा,विशालगाहा,पदम सिंजाली,कमला छेदी,अविनाश राना,गगनथापा,शर्मिलाथापा,राजकुमार रास्कोटी,विनोद थापा,कृष्ण थापा र सुदिपथापा रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गदैं राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीमगरले मुलुकमा बेथिती बढ्दैं गएकाले त्यसलाई नियन्त्रण गर्न युवाको भूमिका सशक्त हुंनुपर्नेमाजोड दिए ।

मुलुकको विकास र सम्वृद्धिको बाधक भ्रष्ट्राचार भएको भन्दैं अस्लामीले भ्रष्ट्राचार नियन्त्रण होइन निर्मुल गर्नुपर्नेमा पार्टीले जोड दिएको बताए ।

महासंघका नगर अध्यक्ष बलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहा,राष्ट्रिय जनमुक्ति पार्टी,रुपन्देहीका अध्यक्ष प्रेमबहादुर थापामगर,जनमुक्ति युवा महासंघ,रुपन्देहीका अध्यक्ष हेमन्त बुढाथोकीमगर, जिल्ला सचिव पहलसिंह राना, जिल्ला सदस्य बुद्धि थापामगर लगायतले बोलेका थिए ।