बुटवल,१२ चैत ।
रुपन्देहीको कञ्चन गाउपालिकामा पानी तान्ने मोटर र सि पि भि सी पाइप सहित दुई जना ब्यक्तिहरु पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर वार्ड नं. ३ सितापुर टोल का बर्ष २२ का राजेश यादव र सोही स्थानकै बर्ष २२ का सुरेन्द्र चौहान रहेका छन् ।

बुधबार राती करिब १२ः३५ बजेको समयमा अस्थाई प्रहरी चौकी,प्रतापपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनिहरुलाई चोरीको पानी तान्ने मोटरमा जडान गरिएको सि पि भि सि पाइप लिएर हिड्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

रातीको समयमा शंकास्पद रुपमा हिड्दै गरेको अवस्थामा सुरक्षा गस्तीलाई देखे पछि हातमा लिइरहेको पाइप खेत तिर फालेर भाग्न खोजेकोले उनिहरुलाई पक्राउ गरिएको अस्थाई प्रहरी चौकी,प्रतापपुरका प्रहरी सहायक निरीक्षक सिताराम यादवले जानकारी दिए ।

निजहरुले गैडहवा गाउपालिका वडा नं. ४ ठकुरापुर स्थित नवदुर्गा माध्यमिक विद्यालयको हैण्डपाइपमा जडान गरिएको पानी तान्ने मोटर तोडफोड गरी उक्त मोटर विद्यालय नजिक रहेको ह्युम पाइप भित्र लुकाइराखेको र सि पि भि सि पाइप आफुहरुसंगै लिएर हिडेको अवस्थामा पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक यादवले बताए ।

यस अघि ३÷४ वटा मोटर जन्य सामाग्री र साइकल लगायत समेत चोरी गरी बिक्री गरेको स्विकारेको प्रहरीले जनाएको छ ।

निजहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय,लुम्बिनी पठाइएको इलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए ।