बुटवल,११ चैत ।
दाङमा भएका छुट्टाछुटै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बुधबार बिहान जिल्लाको घोराही उपमहानगरपालिका १७ कटुवा खोला नजिकै ना ५ ख २०६२ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ निवासी ४० वर्षीय बिष्णु (कलौ) चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया शुरु गरेको प्रहरीले जनाएको छ । त्यस्तै बुधबारै दाडको घोराही उपमहानगरपालिका ७ जवरपुरमा रोकिएको ट्रकमा मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ना ४६ ख ८७३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल ठोक्किँदा घोराही ५ का २१ वर्षीय रविन डाँगीको मृत्यु भएको हो ।
दुर्घटनामा परि गम्भिर घाइते भएका अर्का २२ वर्षीय सिरिन्ज भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।