Share this News on Social Networking Pages

बुटवल,१० चैत ।
सिद्धार्थनगर नगरपालिकाका ३ सहित रुपन्देहीमा मंगलबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका ३ महिला र २ पुरुष गरी ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार सिद्धार्थनगर नगरपालिकाका ३ जना,तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकाका १÷१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार १ सय १० पुगेको छ ।

रुपन्देही जिल्लामा हालसम्म ८ हजार ९ सय ७ जना कोरोना संक्रमित निको भएका छन भने १५५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

हाल जिल्लाभर ४८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।