बुटवल,१० चैत्र ।
अग्रणी शहीद शुकदेव गुरुङको १४४ औं स्मृति दिवस आज भैरहवामा मनाईएको छ ।

शहीद शुकदेव गुरुङ राष्ट्रिय कार्यदल–नेपाल संयुक्त भेला आयोजक समितिको आयोजनामा भैरहवामा दिवस मनाइएको हो ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यबंशीले पहिचानको आन्दोलन गर्दा शुकदेवले सहादत्त प्राप्त गरेको भन्दैं विभेदकै कारण सुकदेवलाई शहीद घोषणा नगरिएको दाबी गरे ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नविन सुनुवारले नैतिक पटन भएकाहरु सरकारमा रहेसम्म शुकदेवलाई शहीद घोषणा नगर्ने बताए ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष रेशम गुरुङले जात–प्रथाको विराध गर्दा शुकदेवलाई हत्या गरिएको भन्दैं शासन सत्तामा बस्नेहरुको मानसिकता परिवर्तन नभएसम्म शुकदेवलाई शहीद घोषणा गर्नुको अर्थ नहुंने बताए ।

शासन सत्तामा परिवर्तन आएपनि सत्ता सञ्चालकहरुको मानसिकता राणाहरुको भन्दा फरक नभएको उनको टिप्पणी छ ।

कार्यदलका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य विनोद पहाडी,शहीद प्रतिष्ठानका अध्यक्ष रामप्रसाद वञ्जाडे,नेपाल आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश समिति सचिव मनोज राना, परिषदका प्रचार विभाग प्रमुख संञ्जय गुरुङ, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी, नेकपा एमालेका नेता हितराज पन्थी,परिषद्का सल्लाहकार झमबहादुर गुरुङ,सल्लाहकार क्या.टेकबहादुर गुरुङ,
परिषद्का प्रदेश सचिव लालबहादुर गुरुङ, परिषद्का जिल्ला सचिव ओमप्रकास गुरुङ,तमु जिल्ला माङी समितिकी अध्यक्ष जुनमाया गुरुङ लगायतले शुकदेवलाई शहीद घोषणा गरेर सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।