बुटवल,७ चैत । मंगाेल नेशनल अर्गनाइजेसनका केन्द्रीय सचिव थम्मन बहादुर बुढा मगरले जवसम्म देशकाे शाशन सत्तामा हिन्दुधर्म र बाहुन क्षेत्रीहरु रहेसम्म देशमा छुवाछुत रहिरहने बताएका छन् ।
शनिबार रूपन्देहीको बुटवलमा आयोजित अर्गनाइजेसनकाे तेस्रो जिल्ला अधिवेशनकाे उदघाटन गर्दै उनलेे उक्त कुरा बताएका हुन ।
हिन्दु धर्म हिन्दुस्तान बाट आएको दाबी गर्दै उनलेे त्यसलाई मंगाेलहरु कहिल्यै नस्विकार्ने बताए ।
दुई तिहाईकाे कम्युनिस्ट सरकारले देशलाई बन्दी वनाई नाटकगरिरहेकाे भन्दै उनलेे नेपाल देश मंगाेलका पुर्खाहरुले वनाएकाे दाबी गरे ।
बाहुन क्षेत्री लाई चुनाव जिताउनु भनेकाे मंगाेलहरुले अाफ्नाे घाँटी अाफै रेट्नु सरह भएको भन्दै उनलेे
नेपालकाे राष्ट्रिय पशु गाइलाइ हटाइग कस्तुरि मृर्ग र चन्द्र सुर्य अंकित राष्ट्रिय झन्झापनि फेर्नुपर्ने माग गरे ।