कपिलवस्तु ४ चैत्र ।
नेपाली काग्रेसका सह महामन्त्री डा प्रकास शरण महतले नेपाली काग्रेस अहिले सरकारमा जान नसक्ने संकेत गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई हटाउन आवश्यक भएपनि काग्रेसले एकल सरकार बनाउन चाहेकोले अहिलनै सरकरमा जान सक्ने अवस्था नरहेको बताए ।

बुधबार कपिलवस्तुको चन्द्रौटामा कार्यकर्ता भेटघाट कार्यक्रममा महतले आगामी निर्वाचनमा काग्रेसले बहुमत ल्याउन चाहेको भन्दै उनलेे कांग्रेस निर्वाचन जितेर सरकार बनाउने तर्फ केन्द्रित हुनुपर्नेमा जाेड दिए ।

अहिलेकाे अवस्थामा सरकारमा गएर कुनै काम गर्न सक्ने अवस्था नरहेको भन्दै नेता महतले हातखुट्टा बाधेर सरकारमा जानुको कुनै अर्थ नरहेको टिप्पणी गरे ।

बर्तमान सरकार नागरिकको सरकार बन्न नसकेको बताउँदै उनलेे सके यहि संसदवाट ओलीलाई हटाउने नसके निर्वाचन वाट भएपनि ओलीलाई हटाउने महतकाे भनाइ छ ।
अहिले पुनस्थापित संसदमा सरकारमा जाने नजाने भन्ने विषयमा अंकगणितको आधारमा निर्धारण हुने बताउदै नेता महतले
अन्य राजनितिक दलहरुले बिना सर्त काग्रेसको नेतृत्वमा सरकारमा जान चाहेमा काग्रेसले बिचार गर्न सक्ने बताए ।

ओली नेतृत्वको बर्तमान सरकार अनियमितता र भष्ट्रचारमा लिप्त भइ लोकतान्त्रीक संस्थालाई कमजोर बनाएको उनको आरोप आराेप छ ।