बुटवल,२७ फागुन ।
जनआस्था पृथ्वी क्लव,कञ्चन ४,रुपन्देहीको आयोजनामा सञ्चालित चौथो रबि किरण भलिवल प्रतियोगिताको उपाधी मणिमुकुण्द भलिवल क्लव,तिलोत्तमाले हात पारेको छ ।
मणिमुकुण्दले इभालुएसन क्लव अफ तामनगरलाई ३–० को सोझोसेटमा पराजित गरी उपाधी हात पारेको हो ।
महाशिवरात्रीको अवसरमा आयोजित रबि किरण स्मृतिकपको उपाधीका लागि बिभिन्न जिल्लाका २१ भलिवल टिमहरुले सहभागिता रहेको थियो । उपाधी हात पारेसंगै मणिमुकुण्दले ३० हजार नगद सहित स्मृतिकप र मेडल प्राप्त गरेको छ भने उपविजेता इभालुएसन क्लव अफ तामनगरले २० हजार सहित कप र मेडल प्राप्त गरेको छ ।
यस्तै बाणगंगा स्पोर्टस क्लव कपिलबस्तुले चेतनशिल युवा क्लव,कञ्चनलाई २–० को सोझोसेटमा पराजित गरी तेश्रो भयो ।
यस्तै खेल अवधिभर उत्कृष्ट स्पाइकर इभालुएसनका रेशम थापा,उत्कृष्ट सेटरमा इभालुएसनकै हेमन बलाल,उत्कृष्ट सर्वरमा मणिमुकुण्का कमल श्रेष्ठ,उत्कृष्ट डिफेण्डबाट बाणगंगाका दिपक राना पुरस्कृत भए ।
बिधागत रुपमा उत्कृष्ट भएका खेलाडीहरुले जनही १ हजार रुपैया प्राप्त गरेका छन भने इभालुएसनका सुमन गलामी उत्कृष्ट खेलाडी घोषित भई २ हजार ५ सय रुपैया पाप्त गरे ।