गुल्मी,६ मंसिर ।
गुल्मी जुनिया चिदिपानी तराई सम्पर्क समाज बुटवल-१२ कलुवाले गुल्मीको सत्यवती स्थित एक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई जाडोकाे कपडा तथा शैक्षिक सामग्री बितरण गरेको छ ।

आइतबार गुल्मीको सत्यवती गाउँपालिका वडा नं ७ जुनियाँ स्थित
हेमन्त आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूका लागि ट्रयाक सुट एवम् शैक्षिक सामाग्री बितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि जुनिया चिदिपानी तराई सम्पर्क समाजका संस्थापक अध्यक्ष खड्क बहादुर शाहीले विद्यार्थीहरूलाई शैक्षिक उन्नयनमा हाैशला प्रदान गर्ने उदेश्यले सानो सहयोग गरेको बताउदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरे ।
मञ्चका संरक्षक रूपसिं थापाले आफ्नो सक्रियतामा स्थापना गरेको विद्यालयमा सानो सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै विद्यालयकाे शैक्षिक विकासका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा शैक्षिक ब्यक्तित्व श्यामलाल थापाले आजका बालबालिका भाेलीकाे देशका कर्णधार भएको र सानो सहयोगले पनि विद्यार्थीकाे भविष्यमा ठूलो प्रभाव पर्न सक्ने भन्दै विद्यालयकाे शैक्षिक उन्नयनका लागि आफुले सक्दाे सहयोग गर्ने प्रतिवद्वता जनाए ।
विद्यालयका निवर्तमान ब्यवस्थापन समिति अध्यक्ष चेतबहादुर बुढाथोकीकाे सभापतित्व र गुल्मी जुनिया चिदिपानी तराई सम्पर्क समाजका संस्थापक अध्यक्ष खड्क बहादुर शाहीकाे प्रमुख आतिथ्यता तथा मञ्चका संरक्षक रूपसिं थापाकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक इन्द्रा ढकाल,शिक्षक झरना बिकलगायतले आ आफ्नो भनाइ राखेका थिए ।








