काठमाडौँ,६ मंसिर ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल भएको हो ।
भेटमा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
त्यस अवसरमा दुवै पक्षले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान गरेका थिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन् ।







