काठमाडौं,४ मंसिर ।
सरकारले ३२ जना सहसचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव वा सो सरहका ३२ जना कर्मचारीको सरुवा गरेको हो ।
सरुवा हुनेमा आठ जना प्रदेश सचिव समेत परेका छन् ।
यस्तै,वीरगञ्ज महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि फेरबदल भएको छ ।
सूचीअनुसार वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरालाई सामान्य प्रशासन मन्त्रालय ल्याएर उनको ठाउँमा अर्थ मन्त्रलायमा रहेका सहसचिव निर्मल ढकाल पठाइएको छ ।
यस्तै, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीलाई अर्थ मन्त्रालय सरुवा गरेर उनको ठाउँमा सूचना तथा सञ्चार मन्त्रालयमा रहेका सहसचिव रविलाल शर्मालाई पठाइएको छ ।







