बुटवल,११ असाेज ।
लगातारको बर्षासँगै ठाउँ ठाउँमा पहिरो जादा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्वार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डमा पर्ने पाल्पाको जरेपिपल,गाैडेपुल नजिकै पहिरो जादा साे सडक खण्ड पूर्ण रूपमा अबरुद्ध भएको छ ।

साेही राजमार्गको बर्तुङ स्याङ्जा सडकखण्डमा पर्ने पाल्पाको रम्भा गाउपालिका स्थित अँगाहाखाेलामा पहिरो जादा सडक पूर्ण रूपमा अबरुद्ध भएको लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
सिद्वार्थ राजमार्गकै वालिङ–स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार पुतलीबजार नगरपालिका–१ तीनधारे र वालिङ नगरपालिका–१ रामबाच्छामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरी, स्थानीय पालिका, सडक विभागको सहकार्यमा बाटो खोल्ने प्रयास जारी जनाइएको छ ।