१२ औं राष्ट्रिय भेलाको व्यवस्थापकीय तयारी स्वरूप बैठक
रुपन्देही,२ असोज ।
राष्ट्रिय जनमुक्ति पार्टी,लुम्बिनी प्रदेश समितिकाे सचिवालयकाे बैठक रूपन्देहीमा सम्पन्न भएको छ ।

पार्टीको १२ औं राष्ट्रिय भेलाको व्यवस्थापकीय तयारीका लागि लुम्बिनी प्रदेश सचिवालयको बैठक सम्पन्न भएको प्रदेश समितिका सचिव चित्र प्रसाद गुरुङले जानकारी दिए ।

राष्ट्रिय जनमुक्ति पार्टी,लुम्बिनी प्रदेश समितिका अध्यक्ष झम बहादुर गुरूङकाे अध्यक्षतामा सम्पन्न बैठकमा यही असोज महिनाको तेश्रो साता रूपन्देहीमा हुने पार्टीको १२ औं राष्ट्रिय भेलालाई भव्य र सार्थक रुपले सम्पन्न गर्न आफूहरुले पाएको व्यवस्थापकीय जिम्मेवारीलाई प्रभावकारी ढङ्गबाट कसरी पुरा गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको लुम्बिनी प्रदेश समिति सचिवालयले जनाएको छ ।

बैठकमा केन्द्रीय नेताहरु‌ अशोक पुन र छत्र दर्लामीको समेत सहभागीता रहेको थियो ।