काठमाडौं,१ असोज ।
काठमाडौंका एक जना नापी अधिकृत घुससहित पक्राउ परेका छन् । नापी कार्यालय डिल्ली बजार ३ नम्बर टोली माछापोखरी काठमाडौंका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुस रकमसहित अख्तियारको फन्दामा परेका हुन् ।

सेवाग्राहीलाई अनावश्यक हैरानी दिई घुस मागिरहेको उजुरीपछि घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले टोखा नगरपालिका-५ को सुन्धारा चोकमा रहेको एक रेस्टुरेन्टबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । उनीविरुद्ध विशेष अदालतको अनुमतिमा घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको अख्तियारले जनाएको छ ।