बुटवल,२ असाेज ।
बुटवलको राजमार्ग चाैराह स्थित फास्ट ट्रयाक स्किल हबका प्रशिक्षार्थी हरूकाे सन्तुलित आहार प्रदर्शनी तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार फास्ट ट्रयाक स्किल हबकाे कार्यालय परिसरमै आयोजित प्रदर्शनीमा विद्यार्थीहरूले सन्तुलित आहार सम्बन्धि खाद्य पदार्थहरूकाे प्रदर्शनी गरेका थिए ।

फास्ट ट्रयाक स्किल हबका सञ्चालक मणि ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दीर्घायु हस्पिटलका सञ्चालक नारायण पाण्डे,साेही अस्पतालका डा जसवन्त सिं,प्रशिक्षक उशा नेपाल,विद्यार्थी आवा मल्ल,फास्ट ट्रयाककै कर्मचारी पुजा बस्नेतलगायतले तालिमको आवश्यकता र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।

तालिममा सहभागी विद्यार्थीका अभिभावकहरू समेतको सहभागीता रहेको कार्यक्रममा विद्यार्थीहरूले तालिमले आफुहरूलाई धेरै कुराकाे ज्ञान प्राप्त भएको भन्दै त्यसबाट प्राप्त ज्ञान र सीपलाई कार्यक्षेत्रमा उपयोग गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

संस्थाले केयर गिभरकाे रूपमा बैदेशीक राेजगारीमा जाने युवा युवतीहरूलाई मध्येनजर गरि त्यस सम्बन्धि तालिम दिदै आएको छ ।