बुटवल,२६ कार्तिक ।
मिटरब्याज बिरूद्व किसान मजदुर आन्दोलन नेपाल, लघुवित्त तथा वित्तीय शाेषण बिरूद्वकाे संघर्ष समिति नेपाललकाे लुम्बिनी प्रदेश स्तरीय संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा लघुवित्त तथा तथा वित्तीय शाेषणबिरूद्वकाे संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवाली,मिटरब्याज ठगी बिरूद्वकाे संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवदेश कुशवाह,प्रवक्ता निरग नवीन, लघुवित्त तथा वित्तीय शाेषण बिरूद्वकाे संघर्ष समिति लुम्बिनी प्रदेश अध्यक्ष बद्री देवानलगायले
लघुवित्त तथा वित्तीय शाेषणकाे अन्त्य र मिटरब्याज पिडितका समस्या समाधान नभए जेनजी बिद्रोह जस्तै बिद्रोहकाे चेतावनी दिए ।

लघुवित्त तथा वित्तीय शाेषण र मिटरब्याज पिडित हुनेमा अधिकांश महिला हरू रहेको भन्दै उनिहरूले महिला प्रधानमन्त्री भएको बेला महिलाहरूका समस्या समाधान नभए कहिले हुन्छ ? भनी प्रश्न गरे ।

मिटरब्याज पिडित र लघुवित्त तथा वित्तीय संस्था पिडित छुट्टाछुट्टै आन्दोलन गर्दा आन्दोलन निश्कर्षमा नपुगेको स्मरण गर्दै उनिहरूले अब संयुक्त रूपमा आन्दोलन गरेर सरकारलाई आफुहरूका माग सम्बाेधन गर्न बाध्य बनाउने दृढता ब्यक्त गरे ।

आफुहरूका मागप्रति सरकार गम्भीर नदेखिएको भन्दै उनिहरूले तत्काल आफुहरूका माग सुनुवाइ नभए जेेनजी बिद्रोह जस्तै अर्को बिद्रोहकाे सामना गर्न सरकारलाई चेतावनी दिए ।

“राष्ट्रिय स्वाधीनता,स्थायित्व र सामाजिक न्याय सुनिश्चित गराैं ।” “आर्थिक क्रान्तिका लागि एकजुट हाैं ।” भन्ने नाराका साथ सुरु भएको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा मिटरब्याज एवं लघुवित्त तथा वित्तीय संस्थाकाे ज्यादती बिरूद्व चर्का नाराबाजी गरेका थिए ।