“बैठकपछि पार्टी थप ससक्त र हस्तक्षेपकारी भुमिकाका साथ प्रस्तुत हुने दृढता”
बुटवल,२६ कार्तिक ।
राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषद (केन्द्रीय समिति) को बैठक आजदेखि रुपन्देहीकाे मंगलापुरमा सुरु भएको छ ।
पार्टीको जिल्ला कार्यसमितिको कार्यालय भवन (कविराज भवन) मंगलापुरमा केहीबेर अघि सुरु भएको केन्द्रीय समिति बैठकमा जेनजी प्रदर्शनपछि मुलुकमा विकसित घटनाक्रम र बदलिँदो परिस्थितिमा पार्टीले अवलम्बन गर्ने नीति बारे बृहत् छलफल गरि ठाेस निर्णय लिने साे पार्टीले जनाएको छ ।
बैठकको सुरुमा पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई सम्बाेधन गर्दै अध्यक्ष केशव सूर्यवंशीले पार्टी स्थापनाकाे ३०/३५ बर्षसम्मकाे यात्रामा कानुनी झमेला र विभिन्न आराेह अबराेह पार गर्दै यहासम्म आइपुग्दा धेरै सिकाई र अनुभव हाशील गरेको अवस्थामा माेफसलमा सुरु यो केन्द्रीय समिति बैठक पार्टी र मुलुकलाई दिशानिर्देश गर्न काेशेढुँगा सावित हुने विश्वास ब्यक्त गरे ।
मुलुकको शासन ब्यवस्था राष्ट्रिय जनमुक्ति पार्टीले अगाडि सारेको संघीयता,समावेशीकरणकाे बाटोबाट अगाडि बढेपनी त्यसको जस अन्य दलले लिन खाेजेकाे भन्दै अध्यक्ष सुर्यवंशीले केन्द्रीय समिति बैठकपछि पार्टी थप ससक्त रूपमा प्रस्तुत हुने बताए ।
कानुनी अड्चन लगायत बिभिन्न बाधा अबरोधका कारण केही समय पार्टीको सांगठनिक गतिविधिमा कमि आएकाे भन्दै उनलेे ती सबै बाधा अड्चन समाप्त भएकोले अब पार्टी मुलुकमा ब्याप्त कुशासन,अब्यवस्था र अराजकताका बिरूद्व हस्तक्षेपकारी भुमिकाका साथ अगाडि बढ्ने दृढता ब्यक्त गरे ।
जेनजी आन्दोलन पश्चात् नयाँ सरकार गठन भई चुनाव घाेषणा भइसकेको अवस्थामा रूपन्देहीमा बसेकाे बैठकले मुलुकको पछिल्लो घटनाक्रम र बदलिएको परिस्थितिमा पार्टीलाई रूपान्तरण गर्दै कसरी अगाडि बढ्ने भन्ने बिषयमा गहन छलफल गरि ठाेस निर्णय लिने पार्टीका महासचिव टाेप अस्लामीले बताए ।
केन्द्रीय समिति बैठक समापनपछि भाेली कार्तिक २७ गते लुम्बिनी प्रदेशका “अगुवा कार्यकर्ताहरुका लागि प्रशिक्षण र अन्तरकृया कार्यक्रम” गर्ने योजना रहेको महासचिव अस्लामीकाे भनाइ छ ।
पार्टीको जिल्ला कार्यालय (कविराज भवन) मंगलापुरमा नै आयोजना गरिने उक्त कार्यक्रमका लागि जिल्ला तहका नेताहरु र पालिका तहका अध्यक्षहरु समेतको सहभागिता रहने पार्टीका सचिव माेजिव अलीले जानकारी दिए ।
यसअघि पार्टीका उपाध्यक्ष डाक्टर हाजी हसनले बैठकमा सहभागी पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गरेका थिए ।






