बुटवल,२५ कार्तिक ।
रूपन्देहीको सुद्वाेदन गाउँपालिका वडा नं १ काे कार्यालयमा तालाबन्दी भएको छ ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाऔ महाअभियानसँग सम्बन्धित ब्यक्तिहरूले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
ऋणिहरुलाइ थाहै नदिई बैकसँग मिलेर चौकिला प्रमाणीत गरेर लिलामी प्रक्रियामा सहयोग गरेकोले साेमबार वडा कार्यालयमा तालाबन्दी गरिएको बताइएको छ ।






