नवलपरासी,२४ कार्तिक ।
स्वाधीन संयुक्त सरकारकाे माग गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले जनभेटघाट सुरु गरेको छ । सोही क्रममा स्वाधीन संयुक्त सरकारको माग गर्दै नवलपरासीको बर्दघाटस्थित दाउन्नेदेवी क्षेत्रको गाउँघरमा जनभेटघाट सम्पन्न गरेको साे पार्टीले जनाएको छ ।

पार्टीले संसदीय ब्यवस्था दलाल तथा भष्ट्रहरुको ब्यवस्था रहेको चर्चा गर्दै भष्ट्रचारको अन्त्यका लागि यो ब्यवस्थाको अन्त्य हुनुपर्नेमा जाेड दिएको छ । दाउन्नेदेवी क्षेत्र बर्दघाट नगरपालिकाको १४,१५ र १६ नम्बर वडा पर्दछ ।

सो अवसरमा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले बर्तमान संसदीय ब्यवस्था असफल भइसकेको बताउदै त्यसको बिकल्पमा देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी,जनवादी तथा वामपन्थी शक्तिका बीच राष्ट्रिय राजनैतिक सम्मेलनमार्फत संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्ष उठाउन आवश्यक रहेको बताए ।

जनभेटघाटको क्रममा पार्टीका जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरीले पार्टीको जनसम्बन्ध विस्तार अभियान र भष्ट्रचार बिरोधी अभियान बारे चर्चा गर्दै स्वाधीन संयुक्त सरकारका लागि पार्टीले आन्दोलन उठाउन लागेको जानकारी गराए ।

पार्टीका बर्दघाट नगर संयोजक ज्ञान बहादुर केसीले १६ वटा वडा मध्ये तत्काल तीनवटा वडामा संगठन विस्तार तथा सुदृढीकरणको कामलाई ब्यवस्थित गर्ने योजना रहेको बताए ।