“मुलुकलाई निकास दिन स्वाधीन संयुक्त सरकार आवश्यक रहेकोमा जाेड”
नवलपरासी,२० कार्तिक ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले पालिकास्तरीय प्रशिक्षणलाई तिब्रता दिएको छ ।
जेनजी पुस्ताको आन्दोलन र त्यसपछि मुलुकमा विकसित घटनाक्रम तथा बदलिएको परिस्थितिमा पार्टीले अवलम्बन गरेको रणनीति बारे नेता कार्यकर्ताबीच अन्तरक्रिया एवं प्रशिक्षणात्मक कार्यक्रमलाई तिब्रता दिइएको पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी दिए ।
त्यस क्रममा बिहीबार नवलपरासीको सुस्ता –१ छघरामा सम्पन्न पार्टीको सुस्ता गाउँ संगठन समितिको प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै नेताहरुले मुलुकलाई निकास दिन स्वाधीन संयुक्त सरकारको आवश्यक भएकोमा जाेड दिएका थिए ।
संसदवादी दलहरुको भष्ट्राचार तथा कमिशनखोरीले जनता आक्रान्त हुदै गएको भन्दै नेताहरुले बर्तमान संसदीय ब्यवस्था असफल भइसकेकोले सुशासन र मुलुककाे समृद्धिका लागि स्वाधीन संयुक्त सरकारकाे आवश्यकता औल्याए ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, सुस्ता गाउँ सङ्गठन समितिका संयोजक सोम बहादुर बिश्वकर्मालगायतले बोल्दै
देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्ष उठान गर्नुपर्ने धारणा राखेका थिए ।
पार्टीले तीन महिना भित्र पालिकाहरूकाे सम्मेलन सम्पन्न गर्ने योजना सहित सेल तथा वडा समिति विस्तार,गठन/पुर्नगठन र वडा भेला /सम्मेलनलाई तीब्रता दिने योजना रहेको संयोजक बिस्वकर्माले जानकारी गराए ।
नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत)को महत्वपुर्ण हिस्सा र नेकपा (मशाल) बीच एकता महाधिबेशन सम्पन्न गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बनेको हो ।








