नवलपरासी,१८ कार्तिक ।
आफ्नै श्रीमतीकाे हत्या गरेको अभियोगमा नवलपरासी पश्चिमकाे सुनवलबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनवल नगरपालिका-१३ घ्युडल्ला बस्ने ६२ वर्षीय खड्का बहादुर थापा रहेका छन् । उनलाई मंगलवार बिहान सुनवलबाट प्रहरीले पक्राउ गरेको हो ।
खड्काले आफ्नै ५५ वर्षीया श्रीमती भिमकला थापामाथि हसियाकाे खुर्पा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सुनवल र अस्थायी प्रहरी बिट भुमहीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।
श्रीमानकाे खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी भिमकलाको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।
घटनाको बिषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।








