गुल्मी,१५ कार्तिक ।
आफ्नै बुबाकाे हत्या गरेको अभियोगमा गुल्मीको मालिका गाउँपालिका-३ म्याल बस्ने २३ वर्षीय भोट बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
छाेरा भोट बहादुरले हँसिया र काठ ठोक्ने मुङ्ग्राेले प्रहार गर्दा ५० वर्षीय धन बहादुर विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पुर्कोटदह र प्रहरी चौकी अर्खवाङबाट खटिएको प्रहरीले भोट बहादुरलाई पक्राउ गरेको हो ।
साथै भाेटबहादुरकाे आक्रमणबाट गम्भीर घाइते भएकी भोट बहादुरकी आमा दिलमाया विकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान








