नवलपरासी,१५ कार्तिक ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले स्वाधीन संयुक्त सरकारको आवश्यकता माथि जोड दिएको छ ।

वर्तमान सरकारलाई जेनजी बिद्रोह भजाएर बनेको कठपुतली सरकारकाे संज्ञा दिदै साे पार्टीले बर्तमान सरकारले देशलाई निकास दिन नसक्ने दावी गरेको छ ।

देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्ष उठाउन पहल गर्ने योजना रहेको पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले बताए ।

देशको सार्वभौमिकताको पक्षमा सशक्त आवाज उठाउदै राष्ट्रिय स्वाधीनता माथिको खतराका विरुद्ध एकल तथा संयुक्त संघर्ष उठाउने बिषयमा जोड दिने निर्णय गरेको जानकारी दिए ।

शनिवार बर्दघाट–१४ गंगाबस्तीमा जिल्ला सचिवालयको विस्तारित बैठक बसेकाे साे पार्टीले जनाएको छ । बैठकले भ्रष्टहरुको भण्डाफोर गर्नुका साथै कार्वाही गर्दै भ्रष्टाचार विरोधी संघर्षलाई अगाडि बढाउने निर्णय गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी दिए । स्थानीय समस्यालाई लिएर सिर्जनात्मक ढंगले स्थानीय वर्गसंघर्ष उठाउन जोड दिदै बैठकले जुझारु संघर्ष उठाउन पहल लिने निर्णय गरेको युवा नेता पाण्डेयले बताए ।

कार्यक्रममा पार्टीका सचिवालय सदस्यत्रय गणेश बहादुर ढकाल, दुर्गा नारायण चौधरी, राम प्रसाद अर्गेजा र क्रान्तिकारी संयुक्त मोर्चा नेपाल नवलपरासीका संयोजक चुडामणी भण्डारीले आन्दोलन उठान गर्नुपर्ने सुझाव सहित आ आफ्नो भनाइम राखेका थिए ।

क्रान्तिकारी संयुक्त मोर्चा नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको रणनैतिक मोर्चा हो ।

नेकपा (क्रान्तिकारी माओवादी),नेकपा(बहुमत) को महत्वपुर्ण हिस्सा र नेकपा (मशाल) बीच एकता भई एकता महाधिबेशन सम्पन्न गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बनेको थियो ।