पाल्पा,७ कार्तिक ।
पाल्पामा दुई माेटरसाइकल एकापसमा ठाेक्किदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पाल्पाको रामपुर तर्फ जाँदै गरेको लु १३ प ८६३५ नम्बरको मोटरसाईकल र विपरित दिशा तर्फ आउदै गरेकाे लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल कालिगण्डकी करिडोर अन्तर्गत पूर्बी पाल्पाको रामपुर -७ तुरन्दीखाेला नजिकै एकापसमा ठाेक्किदा एक जनाकाे मृत्यु भएकाे हो ।

मृत्यु हुनेमा पाल्पाको बगनासकाली-९, चापपानीका २८ वर्षका अर्जुन विक रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका बिकलाई उपचारका लागि रामपुर अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएको छ ।

आज दिउसाे २ बजेकाे समयमा दुवै मोटरसाईकलमा सवार ४ मध्ये रामपुरबा आएकाे माेटर साईकलकाे पछाडी बसेका विककाे मृत्यु भएकाे हाे ।

घाइतेहरूमा लु १३ प ८६३५ नम्बरको मोटरसाईकल चालक जिल्ला पाल्पा बगनासकाली ९ बस्ने वर्ष ५१ को विष्णुप्रसाद बिक, लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल चालक जिल्ला स्याङ्गजा चापाकोट नगर पालिका ९ बस्ने २९ बर्षका विवेक भट्टराई र लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल पछाडी सवार रुपन्देही तिलोत्तमा – ५ मणिग्राम बस्ने वर्ष २८ को दिपक पाण्डे रहेका छन् । उनीहरूकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ ।